शुक्रबार, चैत २०, २०८२

नेदरल्याण्ड युइएफए नेसन्स लिगको सेमिफाइनलमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- नेदरल्याण्ड युइएफए नेसन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा जर्मनीसँग बराबरी खेल्दै नेदरल्याण्ड युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो । 

प्हिलो हाफमा २-० को अग्रता लिएको जर्मनीले अग्रता जोगाउन नसक्दा नेदरल्याण्डसाग अंक बड्न बाध्य भयो । जर्मनीका लागि खेलको पहिलो हाफमा टिमो वार्नर र लिरो सानेले गोल गर्दै अग्रता दिलाएका थिए । 

खेल सुरु भएको ९ औ मिनेटमा नै वार्नर जर्मनीलाई अग्रता दिलाएका थिए । त्यसके १० मिनेट नबित्दै सानेले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर पारेका थिए । तर खेल सकिन ५ मिनेट बाँकी छदाँ क्विन्सी प्रोमिसको गोलमा नेदरल्याण्ड खेलमा फर्किएको थियो । 

उनले खेलको ८५ औ मिनेटमा गोल गर्दै टोली खेलमा फर्कने संकेत दिएका थिए । नभन्दै खेलको अन्तिम मिनेटमा भर्जिल भान डिजिकले गोल गरेपछि नेदरल्याण्डले जर्मनीसँग बराबरी खेल्यो । यस जितसँगै नेदरल्याण्ड प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको छ ।

समूह ‘ए’मा विश्वकप विजेता फ्रान्सलाई पछाडी पार्दै शीर्ष स्थानमा रहेर नेदरल्याण्ड सेमिफाइनलमा स्थान बनाउन सफल रह्यो । यससँगै प्रतियोगिताको सेमिफाइनल पुग्ने चार टोलीको टुङ्गो लागेको छ । सेमिफाइनलमा नेदरल्याण्डसँगै इंग्ल्याण्ड, पोर्चुगल र स्विटजरल्याण्डले स्थान बनाएका छन् । नेदरल्याण्डसँग बराबरी खेल्दै जर्मनी भने रेलिगेशनमा परेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।