बिहीबार, फागुन १४, २०८२

प्रकाश सपुतको गीत २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको एक नम्बरमा

 |  आइतबार, भदौ २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २४, २०८०

गायक प्रकाश सपुतको शब्द र संगीतमा ‘जाले रुमाल फाट्यो’ बोलको तीज गीत सार्वजनिक गरिएको छ। गीत २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको एक नम्बरमा उक्लिएको छ। अपलोड भएको १७ घण्टामै एक नम्बरमा आएको गीत करिब ८ लाखले हेरिसकेका छन्।

National life

यो गीत प्रकाशकै यसअघिको गीत ‘कुरा बुझ्न पर्च’ को दोस्रो भाग हो। गीतमा गायिका समीक्षा अधिकारीले स्वर दिएकी छन् भने सुदीप सागरले संगीत संयोजन गरेका छन्।

सपुतकै कथा, निर्देशन र प्रस्तुति रहेको गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, अभिनेता गौरव पहारी, विशाल पहारी, रोमा बिष्ट, बद्री पुडासैनी, पुष्प अवस्थी, नवराज उप्रेती, अञ्जली खड्का र स्वयं सपुतको अभिनय छ। भिडियोमा महिलामाथि हुने विभेद अन्त्यका लागि कानुन प्रभावकारी हुनुपर्ने सन्देश दिन खोजिएको छ।

प्रकाशित: Sep 10, 2023| 15:16 आइतबार, भदौ २४, २०८०
प्रतिक्रिया दिनुहोस्