मंगलबार, चैत १७, २०८२

बालोन डि’ओरमा विश्व विजेताको कदर हुनु पर्छ : एमबाप्पे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- यस पटकको बालोन डि’ओरमा पनि लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको दबदबा रहेका बेला फ्रान्स तथा पेरिस सेन्ट जर्मन (पिएसजी)का युवा स्टार खेलाडी केलियन एमबाप्पेले भने फरक अभिव्यक्ती दिएका छन् । 

तर, मेस्सी र रोनाल्डोको दशक लामो दबदबा यसपटक तोडिने कतिपयले अनुमान गरि रहेका बेला एमबाप्पेले यस पटकको बालोन डि’ओर फ्रान्सका कुनै एक खेलाडीले जित्नु पर्ने बताएका हुन् । 

विश्वकपमा युवा खेलाडीको उपाधि जितेका १९ वर्षीय एमबाप्पेले आफुले बालोन डि’ओर नजित्दा पनि कुनै फरक नपर्ने बताएका छन् । ‘यो अवार्डका लागि दाबेदार धेरै छन् । मलाई लाग्छ विजेता फ्रेन्च हुनेछन् । किनकी यो अवार्डमा विश्वकप विजेताको कदर हुनु पर्ने छ ।’ 

एमबाप्पेले भने, ‘तर पनि अवार्डका लागि तीव्र प्रतिस्पर्धा हुनेछ । त्यसैले यसपटकको यो अवार्ड यसले नै जित्छ भन्ने अनुमान लगाउन गार्हो छ ।’ फ्रान्सले रुस विश्वकप २०१८ मा क्रोएसियालाई पराजित गर्दै विश्वकप जितेको थियो । 

विश्व कपका गोल्डेन बल विजेता क्रोएसियाका लुका मोड्रिचले फिफा बेस्ट अवार्ड पनि जितेका थिए । तर, एमबाप्पे फ्रान्सेली सुपर स्टार भन्दा मोड्रिच बालोन डि’ओरको हकदार नभएको बताएका छन् । बालोन डि’ओर अवार्डको विजेता पेरिसमा डिसेम्बर ३ मा घोषणा गरिनेछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।