शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारत–मध्यपूर्व जोड्‍ने गरी निर्माण हुने यातायात करिडोरमा अमेरिका र युरोपको समर्थन

भारत–मध्यपूर्व जोड्‍ने गरी निर्माण हुने यातायात करिडोरमा अमेरिका र युरोपको समर्थन

 |  शनिबार, भदौ २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २३, २०८०

नयाँ दिल्ली- भारतलाई मध्यपूर्वसँग जोड्न नयाँ रेलमार्ग तथा पानीजहाज करिडोर खोल्ने योजना अघि सारिएको छ। शनिबार नयाँ दिल्लीमा सुरु भएको जी २० शिखर सम्मेलनको साइडलाइनमा यसबारे घोषणा हुने आकलन गरिएको छ।

National life

यो पूर्वाधार परियोजनाले साउदी अरब र यूएईलाई छुनेछ। यो परियोजना सो क्षेत्रमा चीनका लागि चुनौती बन्ने कतिपयको भनाइ छ। महिनौँदेखि यो परियोजनाबारे चर्चा चल्दै आएको छ। त्यसलाई औपचारिकता दिने काम हुने अमेरिकी अधिकारीहरुको भनाइ उधृत गर्दै फाइनान्सियल टाइम्सले जनाएको छ।

यो परियोजनालाई अमेरिका र युरोपले समर्थन गर्ने भएका छन्। ‘यो करिडोरले व्यापार, उर्जा तथा डेटालाई भारतबाट मध्यपूर्व हुँदै युरोप पुग्न सघाउनेछ,’ अमेरिकाका डेप्युटी नेसलन सेक्युरिटी एड्भाइजर जोन फाइनर भन्छन्। 

मध्यपूर्वमा बढ्दो चीनको प्रभावलाई रोक्ने सम्भावनाका कारण अमेरिकाले यसलाई समर्थन गर्ने बताइएको छ। साउदी अरब र यूएई दुवैले आफूलाई व्यापारिक केन्द्रका रुपमा स्थापित गर्ने प्रयास गर्दै आएका छन्। एजेन्सी

प्रकाशित: Sep 09, 2023| 16:28 शनिबार, भदौ २३, २०८०
प्रतिक्रिया दिनुहोस्