सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • २०२६ को जी-२० अमेरिकाले आयोजना गर्ने प्रस्तावमा चीनको विरोध

२०२६ को जी-२० अमेरिकाले आयोजना गर्ने प्रस्तावमा चीनको विरोध

 |  शनिबार, भदौ २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २३, २०८०

नयाँ दिल्ली - सन् २०२६ को जी२० शिखर सम्मेलन अमेरिकाले आयोजना गर्ने योजनामा चीनले विरोध जनाएको छ। चीन र अमेरिकाबीच अविश्वास बढ्दै जाँदा बेइजिङले यस्तो कदम चालेको हो।

National life

नयाँ दिल्लीमा भएको कूटनीतिक बैठकमा चिनियाँ अधिकारीहरुले अमेरिकाले शिखर सम्मेलन आयोजना गर्ने विषयको विरोध गरेका हुन्। वार्षिक रुपमा हुने जी २० शिखर सम्मेलन यो वर्ष भारतमा सुरु भएको छ। आगामी वर्ष ब्राजिल र त्यसपछि दक्षिण अफ्रिकामा शिखर सम्मेलन हुँदैछ।

यो शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ अनुपस्थित छन्। चीनबाट प्रधानमन्त्री ली चियाङ सम्मेलनमा सहभागी छन्।

जी २० को अध्यक्षले वर्षैपिच्छे परिवर्तन हुने गर्छ। जसले सो वर्षका छलफलहरुको एजेन्डा तय गर्नुका साथै मन्त्रीस्तरीय बैठकहरुको अध्यक्षता पनि गर्ने गर्छ। 

सामान्यतः यस विषयमा विवाद हुने गर्दैन। तर, यस वर्षको शिखर सम्मेलनमा चिनियाँ अधिकारीहरुले २०२६ को सम्मेलन अमेरिकामा हुने वाक्यांश हटाउन माग गरेका थिए। तर, अन्य मुलुकहरुको जोडमा सो वाक्यांश राखिएको अधिकारीहरुले जानकारी दिए। 

Shivam cement

प्रकाशित: Sep 09, 2023| 18:05 शनिबार, भदौ २३, २०८०
प्रतिक्रिया दिनुहोस्