आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • नयाँ दिल्लीमा जी–२० सम्मेलन सुरु, अफ्रिकी युनियन स्थायी सदस्यमा समावेश

Siddartha premir insuranceSiddartha premir insurance

नयाँ दिल्लीमा जी–२० सम्मेलन सुरु, अफ्रिकी युनियन स्थायी सदस्यमा समावेश

सम्मेलनको पहिलो दिन २० देशका नेताहरु एउटै मञ्चमा बसेर पछिल्लो विश्वमा देखापरेका द्वन्द्व, मानव अधिकार हनन, व्यापारिक रणनीति, सुरक्षा चासोलगायत विषयमा आ–आफ्ना धारणा सार्वजनिक गरिरहेका छन्।
 |  शनिबार, भदौ २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २३, २०८०

काठमाडौं– दक्षिणी छिमेक भारतको नयाँ दिल्लीमा आजदेखि जी–२० सम्मेलन सुरु भएको छ। आज र आइतबारसम्म गरी दुई दिनसम्म चल्ने शिखर सम्मेलनमा सहभागिता जनाउन १७ देशका विश्व नेताहरु नयाँ दिल्ली आएका छन्।

triton college

जी–२० सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, जर्मन चान्सलर ओलाफ सोल्जसहित २० देशका सरकार प्रमुख, राष्ट्रप्रमुख तथा प्रतिनिधि सहभागी छन्।

सम्मेलनमा युक्रेनमा आक्रमण गरेर विश्व मञ्चबाट वहिष्कृत भएका  एवं अन्तर्राष्ट्रिय न्यायालयको वारेन्टर सूचीमा परेका रुसी राष्ट्रपति भ्लादमिर पुटिन र नेपालको उत्तरी छिमेक चीनका राष्ट्रपति सी जिनपिङ भने सहभागी छैनन्। चीन र रुसले विदेश मन्त्रीस्तरीय प्रतिनिधि पठाएका छन्।

सम्मेलनको पहिलो दिन २० देशका नेताहरु एउटै मञ्चमा बसेर आ–आफ्ना धारणा सार्वजनिक गरिरहेका छन्। उनीहरुले पछिल्लो समय रुसले युक्रेनमाथि गर्दै आएको अत्याचारपूर्ण आक्रमण, उत्तर कोरियाको आणविक हतियार परीक्षण, चीनमा भइरहेको मानव अधिकार हनन, अफ्रिकी महादेशमा भइरहेको सैनिक कुलगायत विश्व घटनाबारे एकै ठाउँमा विचार आदान–प्रदान गर्नेछन्।

कार्यक्रम स्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी–२० देशका अन्य सदस्यहरुलाई स्वागत गरेका छन्। उनले अहिले विश्वमा देखिएका समस्याहरुलाई पनि सबै मिलेर समाधान गर्नुपर्ने बताए।

Metro Mart
vianet

जी–२० सम्मेलनमा मोरक्कोमा गएको भूकम्पमा परी निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। जी–२० मा अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटली, जपान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका आबद्ध छन्।

आजदेखि सुरु भएको जी–२० बैठकले अफ्रिकन युनियनलाई स्थायी सदस्यका रूपमा समावेश गर्ने निर्णय पारित गरेको छ। सम्मेलनमा अफ्रिकी संघलाई स्थायी सदस्यका रूपमा समावेश गरिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेका हुन्।

स्वागत सम्बोधनमा प्रधानमन्त्री मोदीले भने, ‘तपाईंहरू सबैको सहमतिमा अगाडिको कारबाही सुरु गर्नुअघि म अफ्रिकी संघका अध्यक्षलाई जी–२० को स्थायी सदस्यको रूपमा आफ्नो स्थान लिन आमन्त्रित गर्दछु,’ मोदीले भने। समूहको २०औं सदस्य युरोपेली संघ हो। अफ्रिकन युनियन यस संस्थामा स्थायी सदस्य बनेपछि अहिले १९ देश र दुई महासंघ सदस्य भएका छन्।

प्रकाशित: Sep 09, 2023| 13:53 शनिबार, भदौ २३, २०८०
प्रतिक्रिया दिनुहोस्