बुधबार, असार १८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भूकम्पले मोरक्कोमा ठूलो मानवीय क्षति, करिब ६३२ जना मरेको आशंका

भूकम्पले मोरक्कोमा ठूलो मानवीय क्षति, करिब ६३२ जना मरेको आशंका

६.८ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु माराकेशबाट ७१ किलोमिटर दक्षिण पश्चिममा अवस्थित एटलस पर्वतमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षण विभागको पुष्टि।
 |  शनिबार, भदौ २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २३, २०८०

vianetvianet

काठमाडौं– मध्य मोरक्कोमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा करिब ३०० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। यस्तै, भूकम्पका कारण करिब डेढ सय बढी घाइते भएका छन्।

भूकम्पको केन्द्रबिन्दु माराकेशबाट ७१ किलोमिटर दक्षिण पश्चिममा अवस्थित एटलस पर्वतमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षण विभागले पुष्टि गरेको छ। भूकम्पको केन्द्र जमिनको सतहबाट १८.५ किलोमिटर गहिराइमा रहेको बताइएको छ।

भूकम्पको धक्का केन्द्रबिन्दुबाट ३५० किलोमिटर टाढाको राजधानी रबातमा, कासाब्लान्का र एसाउइरामा पनि महसुस गरिएको थियो। शुक्रबार राती स्थानीय समयानुसार २३ः११ मा भूकम्प गएको हो।

भूकम्प गएलगत्तै सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय सञ्चार माध्यमले भिडियो सेयर गर्दै क्षतिग्रस्त भवन र सडकमा छरिएका भग्नावशेष देखाइरहेका छन्। अलजजिराका अनुसार माराकेशको पुरानो सहरमा भूकम्पले भवनहरु ध्वस्त बनाएको छ। 

‘मानिस स्तब्ध र आतंकमा थिए। बालबालिका रोइरहेका थिए,’ स्थानीय अब्दुलहक अल–अमरानीले एएफपीलाई भनेका छन्। भूकम्पका कारण करिब १० मिनेटसम्म विद्युत् र फोन लाइन अवरुद्ध भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।–एजेन्सी

प्रकाशित: Sep 09, 2023| 11:13 शनिबार, भदौ २३, २०८०
प्रतिक्रिया दिनुहोस्