आइतबार, वैशाख २७, २०८३

निश्चल बस्नेतको नयाँ फिल्म 'दिमाग खराब' को टिजर सार्वजनिक

 |  बिहीबार, भदौ २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २१, २०८०

निश्चल बस्नेत निर्देशित फिल्म 'दिमाग खराब' को टिजर सार्वजनिक भएको छ। बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो।

National life

सार्वजनिक टिजरमा राजनीतिक परिवेशलाई देखाइएको छ। 'जनता भर्सेस शक्ति' को विषयवस्तुमा आधारित फिल्ममा रौनकविक्रम कँडेलको लगानी छ।

सोसल ड्रामा जनराको फिल्ममा स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, विजय बराल, सुमन कार्कीको मुख्य भूमिका छ। सुशन प्रजापतिले छायांकन गरेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन्। यो फिल्म कात्तिक २४ गतेदेखि प्रदर्शन हुँदैछ।

निश्चलले 'लुट' बाट निर्देशनमा डेब्यू गरेका थिए। उनले डेब्यू निर्देशकीय फिल्मबाट निकै चर्चा कमाएका थिए। यस फिल्मलाई नेपाली फिल्म क्षेत्रकै टर्निङ प्वाइन्टको रूपमा हेरिएको थियो। उनी 'लुट २' पछि निर्देशनमा फर्किन लागेका हुन्। लुट २ २०७४ सालमा प्रदर्शन भएको थियो।

 

प्रकाशित: Sep 07, 2023| 16:51 बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्