सोमबार, मंसिर १, २०८२

१५ वर्ष कान्छा प्रेमीसँग सुष्मिताको बर्थ डे रोमान्स

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
मुम्बइ – बलिउड अभिनेत्री सुष्मिता सेन आज आफ्नो ४३औं बर्थ डे सेलिब्रेट गरिरहेकी छन्। उनी आफ्नो प्रेमलाई लिएर पनि यतिबेला चर्चामा छिन्। जन्मदिनमा पनि उनी आफूभन्दा १५ वर्ष कान्छा मोडल रोमन शालसँग डेटिङमा व्यस्त छिन्। उनीहरुको एक फेसन इभेन्टमा भेट भएको थियो। त्यसपछि उनीहरु प्रेम सम्बन्धमा बाँधिएका हुन्। उनीहरु प्रेम सम्बन्धमा रहेको दुई महिना भइसकेको छ।

उनीहरु अधिकांश समय डेटिङमा जाने गरेका छन्। रोमन र सुष्मिताका दुवै छोरीहरु पनि नजिक छन्। उनीहरु आफ्ना छोरीहरुका साथ रोमान्समा रहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

उक्त तस्बिरमा सुष्मिता रोमको अंगालोमा बाधिएकी छन्। रोमन सुष्मितालाई चुम्बन गरिरहेका छन्। यसै फोटोका साथ रोमले सुष्मिताको बर्थडे विस गरेका छन्। यस फोटोलाई रोमनले आफ्नो इन्स्टाग्राममा सेयर गरेका छन्।

तस्बिर पोस्ट गर्दै रोमले लेखेका छन्, ‘हेप्पी बर्थडे मेरी जान। म एक यस्तो मान्छे हुँ जो शब्दको संयोजन समझदारीबाट गर्छु। तिम्रो लागि यो वर्ष सुखद् रहोस्। सुष्मिता सेन म तिमीलाई सधैँ माया गरिरहने छु।’ यसबाट उनीहरु प्रेममा रहेको प्रस्ट हुन्छ।

रोमनभन्दा पहिले पनि सुष्मिताले धेरै केटाहरु प्रेम सम्बन्ध राखिसकेकी छन्। ४३ वर्षीया सुष्मिताले अहिलेसम्म बिहे गरेकी छैनन्। उनले चाँडै रोमनसँग विवाह गर्ने चर्चाले बलिउड तातेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्