शुक्रबार, पुस ४, २०८२

शक्ति राष्ट्रका विवादले आसियान शिखर सम्मेलन छायामा

 |  बुधबार, भदौ २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २०, २०८०

जाकर्ता- शक्ति राष्ट्रका विवादका कारण दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) शिखर सम्मेलन छायामा परेको छ। इन्डोनेसियाको राजधानी जकार्तामा जारी शिखर सम्मेलन र सोही क्रममा आयोजना हुने शक्तिराष्ट्रबीच हुने विभिन्न उच्चस्तरीय बैठक आर्थिक विकासका मुलमुद्दाभन्दा राजनीतिक विषयका कारण छायामा परेको हो। 

National life

अमेरिकी, चिनियाँ र जापानी अधिकारीहरूसँग आज हुने भेटमा  ठूला शक्ति प्रतिद्वन्द्वीले दक्षिण चीन सागरको विषयलाई लिएर चीन र अमेरिकालगायत देशबीचको तनाव, युक्रेन युद्ध तथा उत्तर कोरियाली क्षेप्यास्त्र विकास कार्यक्रमजस्ता क्षेत्रीय मुद्दा छलफलको एजेण्डामा छन्। 

दश सदस्यीय आसियानले चीन, जापान, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र क्यानडासँग छुट्टाछुट्टै शिखर सम्मेलन गर्दैछ। सम्मेलनमा राष्ट्रपति जो बाइडेनको स्थानमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस सहभागी हुनुभएको छभने राष्ट्रपति सी चिनफिङको सट्टा चिनियाँ प्रधानमन्त्री ली छ्याङ भाग लिँदै छन्।

'हामी भिन्नताहरूलाई पन्छाएर साझा आधार खोज्छौंँ,  हामी दुवैले शान्तिको लागि अथक प्रयास गरिरहेका छौं। जबसम्म हामी सही बाटोमा हिँड्छौं, जस्तोसुकै आँधीबेहरी आए पनि चीन–आसियान सहयोग सधैंजस्तै सुदृढ हुनेछ।।। सबै बाधाविरुद्ध एकताबद्ध भएर उभिनेछ,' चिनियाँ प्रधानमन्त्री लीले आसियान–चीन शिखर सम्मेलनको उद्घाटन मन्तव्य व्यक्त गर्दै भने।

क्षेत्रीय आर्थिक वृद्धिमा केन्द्रित आसियान शिखर सम्मेलनको उद्घाटन गर्दै इन्डोनेसियाका राष्ट्रपतिले आसियानलाई एकताबद्ध रहन र कुनै पनि शक्तिका पछाडि नलाग्न आग्रह गरेका थिए। आसियान अध्यक्ष उनले सदस्य मुलकमा एकअर्काको अहित हुने तथा आफ्नो भूमिलाई प्रतिद्वन्द्वीको अखाडा नबनाउन आग्रह गर्दै स्थिर, समृद्ध एवं शान्त आसियान निर्माणमा योगदान गर्न अह्वान गरेका थिए।  

Laxmi sunrise bank
kumari

ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मा, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड र भियतनाम सदस्य रहेको आसियान शिखर बैठकमा म्यान्मा सङ्कटलाई लिएर चिन्ता व्यक्त भएको थियो।  सम्मेलनका क्रममा आसियान नेताहरूले सन् २०२१ मा प्रजातन्त्रवादी नेत्री आङ सान सुचीको सरकारलाई सैन्य विद्रोहबाट अपदस्थ गरेपछि दैनिक रुपमा भइरहेका घातक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन आह्वान गरेका थिए। साथै उनीहरूले दक्षिण चीन सागरमा चीनको बलमिच्च्याइँ नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन्। 

प्रकाशित: Sep 06, 2023| 21:00 बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्