बिहीबार, वैशाख ३१, २०८३

जन्मोत्सवमा प्रेमीसँग झुमेकी साम्राज्ञी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं - नेपाली चलचित्र जगतकी सुन्दर नायिका साम्राज्ञीलक्ष्मी शाहले आइतबार आफ्नो जन्मोत्सव मनाएकी छन्। यसपटक नायिका शाहले प्रेमी देवांश जंगबहादुर राणाको घरमा जन्म दिन मनाएको बताइएको छ।

साम्राज्ञीको जन्मोत्सवको खुशियालीमा शनिबार मध्यराति उनका प्रेमी देवांशको घरमा पार्टी चलेको थियो। पार्टीमा उनका नजिकका केही साथीको मात्र उपस्थिति रहेको बताइएको छ।

उनको जन्मोत्सवमा सहभागीहरुले साम्राज्ञी र उनका प्रेमीको तस्बिर इन्स्टाग्राममा राखेका थिए। जसमा साम्रज्ञी र उनका प्रेमी निकै झुमेको देख्न सकिन्छ।

साम्राज्ञी देवांश भन्दा पहिले व्यापारी मयंक खड्कासँग प्रेम सम्बन्धमा थिइन्। शंकै शंकामा उनीहरुको प्रेममा टक्राव आएपछि उनी देवांशको प्रेममा परेकी हुन्। सामाज्ञीले देवांशसँगको प्रेम सम्बन्धका बारेमा आजसम्म कुनै मुख खोलेकी छैनन्।


प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्