आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, विमानस्थलमा जयजयकारसहितको स्वागत

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, विमानस्थलमा जयजयकारसहितको स्वागत

क्रिकेटका विश्वविजेता दुई मुलुकसँग अविचलित खेलेका कारण नेपाली खेलाडीको सर्वत्र प्रशंसा भइरहेको छ।
 |  बुधबार, भदौ २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २०, २०८०

काठमाडौं– एसिया कप खेल्न सुरुमा पाकिस्तान र लगत्तै श्रीलंका पुगेको नेपाली क्रिकेट टोली विश्व महारथी भारत र पाकिस्तानसँग खेलेर स्वदेश फर्किएको छ।

National life

आज स्वदेश फर्किएको क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जयजयकारसहितको स्वागत गरिएको हो।

क्रिकेट टोलीलाई सशस्त्र प्रहरी ब्यान्डले बाजागाजासहित स्वागत गरेको थियो। क्रिकेट टोलीलाई स्वागत गर्न विमानस्थलमा समर्थकको भीड लागेको थियो। 

नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो भने भारतसँग १० विकेटले हारेको थियो। भारतसँग हारेपछि नेपाल एसिया कपबाटै बाहिरिएको थियो।

समूह ’ए’ मा रहेको नेपाल पाकिस्तानसँग उसकै मैदान मुल्तानमा र भारतसँग श्रीलंका मैदानमा क्रिकेट खेलेको थियो। क्रिकेटका विश्वविजेता दुई मुलुकसँग अविचलित खेलेका कारण नेपाली खेलाडीको सर्वत्र प्रशंसा भइरहेको छ।

kumari

प्रकाशित: Sep 06, 2023| 15:20 बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्