बिहीबार, फागुन १४, २०८२

तीज गीत लिएर आइन् अभिनेत्री गौरी मल्ल

अभिनेत्री मल्लले ‘धिन ताका नाका धिन’ बोलको तीज गीतको अडियो÷भिडियो सार्वजनिक गरेकी हुन्।
 |  बुधबार, भदौ २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २०, २०८०

काठमाडौं–अभिनेत्री गौरी मल्लले तीज विशेष गीत सार्वजनिक गरेकी छन्। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभिनेत्री मल्लले ‘धिन ताका नाका धिन’ बोलको तीज गीतको अडियो/भिडियो सार्वजनिक गरेकी हुन्।

National life

बाल्यकालदेखि गायनमा सौखिन मल्लले वर्षौं पहिले दर्जन बढी गीत गाएकी थिइन्। उनले चलचित्र भाइमा नायिका मेलिना मानन्धरका लागि पाश्र्व गायनसमेत गरेकी थिइन्। सार्वजनिक तीज गीतमा शब्द, संगीत र स्वर दिँदै उनी गायनमा फर्किएकी छन्। उनले आफ्नै नामबाट युट्युब च्यानलसमेत सञ्चालनको घोषणा गरेकी छन्।

गीतको भिडियोमा गौरी आफैले अभिनय गरेकी छन्। गौरीसँगै अभिनेत्री मिथिला शर्माले पनि यसमा अभिनय गरेकी छन्। साथमा समाइरा श्रेष्ठ, तेन्जु योन्जन, निलम पौडेल, सिम्रन शेरचनलगायतको अभिनय छ।

भिडियोलाई सन्तोष राजबाहकले कोरियोग्राफी तथा निर्देशन गरेका छन्। अञ्जु पोखरेल दाहाल म्युजिक भिडियोकी निर्माता हुन् भने सुवास दाहालले निर्माण संयोजन गरेका छन्। गीतको भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ।

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, वसुन्धरा भुसाल, गीतकार करुण थापा, वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठलगायत उपस्थित थिए। कलाकार मदनकृष्णले नृत्य, गायन र अभिनय तीन वटै कलामा पोख्त रहेकाले गौरीलाई नाट्यश्वरीकी छोरी रहेको बताउँदै नयाँ यात्राको शुभकामना दिए।

Laxmi sunrise bank

प्रकाशित: Sep 06, 2023| 14:50 बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्