आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • युएईसँगको खेल वर्षाले रद्द, उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो नेपाल

आइसिसी महिला टी–२०
Siddartha premir insuranceSiddartha premir insurance

युएईसँगको खेल वर्षाले रद्द, उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो नेपाल

दुवै टोलीले समान पाँच खेलमा ९ अंक जोड्दै रनरेटका आधारमा विजेता र उपविजेता टोलीको रुपमा सेमिफाइनलमा पुगेका हुन्। 
 |  बुधबार, भदौ २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २०, २०८०

काठमाडौं– मलेसियामा जारी आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाको कारण रद्द भएको छ। मलेसियाको क्वालालम्पुरस्थित सेलाङग्रटर्फ क्लबमा हुने भनिएको दुई देशबीच खेलमा वर्षाका कारण टससमेत हुन नसकेपछि दुवै टोलीले एक–एक अंक बाँड्दै खेल टुंगाए।

triton college

यससँगै युएई समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने नेपाल समूह ‘ए’को उपविजेताको रुपमा सेमिफाइनलमा पुग्यो। दुवै टोलीले समान पाँच खेलमा ९ अंक जोड्दै रनरेटका आधारमा विजेता र उपविजेता टोलीको रुपमा सेमिफाइनलमा पुगेका हुन्। नेपालले अब समूह ‘बी’ को विजेतासँग २ भदौमा सेमिफाइनल खेल्नेछ।

नेपाल फाइनलमा पुग्न सके सन् २०२४ मा हुने ग्लोबल टि२० विश्वकप छनोट खेल्न पाउनेछ। त्यसैगरी समूह ‘बी’ मा हङकङ तीन खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ। थाइल्याान्ड पनि समान तीन खेलमा ५ अंकका साथ दोस्रो स्थानमा छ। हङकङ र थाइल्यान्डबीचको खेल आजै हुनेछ।

उक्त खेलको विजेतासँग नेपालले सेमिफाइनलमा खेल्नेछ भने युएईले उपविजेतासँग खेल्नेछ। यसअघि नेपालले समूह चरणको खेलमा अपराजित रहेको थियो। नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट, भुटानलाई ३ विकेट र कतारलाई ९ विकेटले पराजित गर्दै विजयी भएको हो।

प्रकाशित: Sep 06, 2023| 12:02 बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्