सोमबार, असार २, २०८२

आइसिसी महिला टी–२०

नेपाल र युएईबीचको खेलमा वर्षा बाधक

लगातार चौथो जित निकालेको नेपाललाई समूह विजेता बन्न आजको खेल महत्त्वपूर्ण मानिएको छ।
 |  बुधबार, भदौ २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २०, २०८०

vianetvianet

काठमाडौं– मलेसियामा जारी आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाका कारण प्रभावित बनेको छ।

यस्तै, कतार र मलेसिया तथा भुटान र बहराइनबीचको खेल पनि वर्षाका कारण सुर हुन सकेको छैन। तीनवटै खेलको टससमेत हुनसकेको छैन।

प्रतियोगितामा नेपाल समुह ‘ए’ मा रहेको छ। लगातार चौथो जित निकालेको नेपालका लागि आजको खेल महत्त्वपूर्ण मानिएको छ।

आजको खेल जिते नेपाल समूह विजेता बन्नेछ। समूह ‘ए’मा चार खेल जितेको युएई चार खेलमा आठ अंकसहित रनरेटका आधारमा शीर्ष स्थानमा छ। नेपाल दोस्रो स्थानमा छ।

प्रकाशित: Sep 06, 2023| 10:43 बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्