शुक्रबार, वैशाख २१, २०८१

मिस गुरुङको पाँचौ संस्करण सुरु हुँदै

 |  मंगलबार, भदौ १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १९, २०८०

काठमाडौं- मिस गुरुङ इन्टरनेशनलको पाँचौ संस्करणको तयारी पूरा भएको छ। गुरुङ समुदायको कला, भाषा ,भेषभूषा तथा संस्कृतिको जर्गेनाका लागि आयोजना हुँदै आएको मिस गुरुङ इन्टरनेशनलको तयारी पूरा भएको आयोजक मृगतृष्णा फेसन हाउसले जनाएको छ। 

triton college

आगामी भदौ २१ गते गोरखा , २२ गते पोखरा , २३ गते चितवन र भदौको ३० गते काठमाडौंमा अडिसन हुँदैछ। इटहरी तथा भारतको सिक्किममा अडिसन कार्यक्रम भइरहेको छ।
  
उल्लेखित सहरहरुबाट छानिएर आएका प्रतियोगिहरुलाई काठमाडौंमा व्यक्तित्व विकास, भाषा–संस्कृति, जीवन विज्ञानलगायतका विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विशेषज्ञहरुबाट २१ दिने तालिम तथा ज्ञान प्रदान गरिएसँगै उनीहरुलाई विभिन्न सामाजिक कार्यहरुमा समेत संलग्न गरान अध्यक्ष तृष्णा गुरुङले जानकारी दिइन्। 

मिस गुरुङ् इन्टरनेसनल पाँचौँ संस्करणमा सहभागी प्रतियोगिहरुलाई वर्षभरी नै विभिन्न सामाजिक, सांस्कृतिक कार्यक्रमहरुमा सहभागी गराउनुका साथै फेसन शो, म्युजिक भिडियो लगायतका आय–आर्जन मुलक व्यवसायिक गतीविधीहरुमा समेत क्षमता अनुसारको अवसर प्रदान गरिनुका साथै उपाधि बिजेतालाई नगद पुरस्कार सहित अष्ट्रेलियामा हुने हेरिटेज फेसन शोमा को रूपमा सहभागी हुने अवसर पाउनेछन्। 

मिस गुरुङ्ग इन्टरनेसनल उपाधि विजेताले नगद पुरष्कार पाँच लाख, मिस पपुलर अवार्ड विजेताले तीन लाख तथा फस्ट रनरअपले दुइ लाख सेकेन्ड रनरअपले एक लाख र मिस ट्यालेन्ट उपाधि बिजेताले नगद पच्चीसहजार सहित विभिन्न पुरष्कार प्राप्त गर्नेछन्।  प्रतियोगितामा अनलाइन भोटिङ्ग पाट्र्नरको रुपमा  ओएस आर कनेक्ट रहेको छ भने प्रतियोगिता ब्यवस्थापनको जिम्मा बि एण्ड बि इभेन्ट मानियाले लिएको छ।

प्रकाशित: Sep 05, 2023| 18:20 मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्