बिहीबार, वैशाख २०, २०८१

'जवान' को अग्रिम बुकिङ आक्रामक

 |  मंगलबार, भदौ १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १९, २०८०

काठमाडौं- आउँदो बिहीबार (सेप्टेम्बर ७)मा प्रदर्शनमा आउन लागेको हिन्दी फिल्म ‘जवान’ले अग्रिम बुकिङमा इतिहास रच्ने देखिएको छ। शाहरुख खान मुख्य भूमिकामा रहेको ‘जवान’ प्रदर्शनमा आउन दुई दिन बाँकी रहँदा फिल्मका साढे सात लाखभन्दा बढी टिकट बिक्री भइसकेको बताइएको छ।

triton college

फिल्म मल्टिप्लेक्ससँगै सिंगल स्क्रिनमा पनि लाग्नेछ। भारतभरिका हलमा फिल्मको उच्च माग छ। त्यतिमात्र नभई फिल्मका बिहानी र अबेर रातिका शो राखिँदै छन्।

भारतको सबैभन्दा ठूलो अनलाइन टिकट बुकिङ प्लेटफर्म ‘बुक माई शो’बाट मात्र फिल्मका साढे सात लाख टिकट बिक्री भइसकेका छन्। भारतीय पत्रिका बिजनेस टुडेका अनुसार दिल्ली, पुणे, कोचीलगायत ठाउँमा फिल्मका धेरै टिकट बिक्री भएका छन्।

हैदराबाद, कोलकाता, बेंगलुरु, चेन्नईलगायत सहरमा पनि फिल्मका टिकटको अग्रिम बुकिङ बढी भइरहेको छ। शाहरुखसँगै फिल्मका निर्देशक एटली, दक्षिण भारतीय अभिनेत्री नयनताराको अभिनय हेर्न पनि दर्शक उत्सुक छन्। फिल्मले उत्तर भारतसँगै दक्षिण भारतका दर्शकलाई पनि आकर्षित गरिरहेको छ। नेपालमा समेत यो फिल्मलाई प्रतिक्षित मानिएको छ।

यो फिल्मले नेपाली सिनेमा हलमा कब्जा जमाएको छ। जवानको अग्रिम बुकिङ केही दिनअघि खुला गरिएको थियो। शाहरुखको क्रेजका कारण नेपाली हलमा पनि जवानले उच्च शो पाएको छ। अग्रिम बुकिङ पनि आक्रामक देखिन्छ।

corrent noodles
Metro Mart

देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले हलिउड फिल्मको तुलनामा जवानलाई देशैभर उच्च शो दिएको छ। प्रदर्शनको पहिलो दिन जवानलाई ६० शो दिएको क्युएफएक्सले हलिउड फिल्म ‘द नुन- आईआई’लाई भने २१ शो मात्र उपलब्ध गराएको छ। क्युएफएक्सका हलहरुमा अग्रिम बुकिङ पनि उत्साहजनक छ।

चुच्चेपाटीस्थित केएल टावरमा रहेको एफ क्युबमा पनि जवानकै दबदबा छ। त्यहाँ ‘द नुन- आईआई’ ले ३ शो पाउँदा शाहरुखको जवानलाई १७ शो दिइएको छ। पहिलो दिनका ११ शोका टिकट सोल्डआउट भइसकेका छन्।

नेपाली हलमा जवानले दक्षिण भारतीय फिल्म ‘आरआरआर’ र ‘केजीएफ २’ को हाराहारीमा स्थान पाएको छ। सन् २०२२ तिर रिलिज भएका यी फिल्मले नेपाली हलमा धेरै शो पाएका थिए। केजीएफ २ मा त विकेन्डका शो सबै सोल्डआउट हुँदा बिहान १ बजे पनि शो थपिएको थियो।

नयाँ बानेश्वरस्थित वान सिनेमाजमा पनि जवानले अत्यधिक शो पाएको छ। सुन्धाराको सीटीसी मलमा रहेको ‘सीडीसी सिनेमाज’ ले शाहरुखको फिल्मलाई १० शो दिएको छ। जवानलाई विश्वज्योति सिनेप्लेक्सले १०, रञ्जना सिनेप्लेक्सले ११, आईएनआई सिनेमा (बुटवल र काठमाडौं)ले १८, क्युज सिनेमाजले ११, बीएसआर मुभिजले ११ र कीर्तिपुर सिनेप्लेक्सले ४ शो उपलब्ध गराएका छन्। साथै फिल्मले सिंगल थिएटरमा पनि उत्साहजनक शो पाएको छ।

बहुप्रतिक्षित बलिउड फिल्म ‘जवान’ वितरक कम्पनी एप्पल इन्टरटेनमेन्टले नेपाल भित्र्याएको हो। फिल्म साढे २ करोड भारतीय रुपैयाँमा भित्र्याएको बताइएको छ।

प्रकाशित: Sep 05, 2023| 19:30 मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्