शनिबार, असार १३, २०८३

एकदिवसीय क्रिकेट खेल्ने भारतीय टिम घोषणा

बीसीसीआईले रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
 |  मंगलबार, भदौ १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १९, २०८०
National life
Shivam cement

काठमाडौं– भारतले अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म विभिन्न सहरमा हुने एकदिवसीय विश्वकप क्रिकेट खेलका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ। 

आज भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो। भारतले चेन्नाईमा हुने पहिलो खेल अस्ट्रेलियाविरुद्ध अक्टोबर ८ मा खेल्नेछ।

१५ सदस्यीय टोलीमा क्याप्टेन रोहित शर्मा, विराट कोहली, रवीन्द्र जडेजा, जसप्रित बुमराह, अक्षर पटेल, शार्दुल ठाकुर, शुभमन गिल, श्रेयस अय्यर, इशान किशन, केएल राहुल, हार्दिक पान्ड्या, सूर्यकुमार यादव, मोहम्मद सिराज, मोहम्मद सामी र कुलदीप यादव रहेका छन्।

प्रकाशित: Sep 05, 2023| 16:14 मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्