आइतबार, असार २२, २०८२

बगर बनेको कागबेनीमा तीन सातापछि पुग्यो केन्द्र सरकार

कागखोलाको बाढीबाट कागबेनी बग्दा १ अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान छ। सडक, मोटरेबल पुल, झोलुंगे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक भवन, प्रहरी चौकी भवन, तटबन्धलगायत संरचना नष्ट भएका छन्।
 |  मंगलबार, भदौ १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १९, २०८०

vianetvianet

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बाढीले वितण्डा मच्चाएको मुस्ताङको कागबेनीको अवस्था बुझ्न तीन सातापछि बल्ल निरीक्षण भ्रमणमा निस्किएका छन्। गृहमन्त्री श्रेष्ठले गत २८ साउनमा कागखोलाको बाढीले प्रभावित नासिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बस्तीको स्थलगत निरीक्षण गरेका हुन्।

कागबेनी पुगेपछि उनले भने, ‘ऐतिहासिक पर्यटकीय तीर्थस्थल कागबेनीको बस्ती पुनर्निर्माणको कामलाई सरकारले महत्त्वका साथ अघि बढाउँछ।’ संघीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा बाढीका कारण क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण गरिने उनले बताए।

कालीगण्डकी नदीको बगरमा थुप्रिएको नदीजन्य वस्तुका कारण उत्पन्न जोखिम तथा क्षति न्यूनीकरण गर्दै बस्तीलाई सुरक्षित बनाउने विषयमा छलफल गरिने उनको भनाइ छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणका क्रममा कोरला नाका सञ्चालनको विषयलाई पनि छलफलको विषय बनाइने गृहमन्त्री श्रेष्ठले बताए। ‘कोरला नाकालाई चीन र नेपालबीचको व्यापारिक नाकाका रुपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले गम्भीरताका साथ पहल गर्नेछ’, उनले भने।

स्थानीय कागखोलाको बाढीले ठूलो क्षति पुर्याएको तीन सातापछि गृहमन्त्री अवलोकनका लागि त्यहाँ पुगेका हुन्। बाढीले घर, कृषि उपज, सार्वजनिक एवं व्यापारिक संरचना, होटल, पुल, विद्यालय, प्रहरी चौकी, पशुपक्षी, सवारीसाधन, गुम्बा, कागबेनी श्राद्धस्थल, खानेपानी, सिँचाइ र नगद तथा अन्य भौतिक वस्तुसहित अर्बौं रुपैयाँको क्षति गरेको  थियो।

क्षति अवलोकनपछि प्रभावितसहित जनप्रतिनिधि र स्थानीय प्रशासनलाई संक्षिप्त सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले तत्कालीन प्राथमिक आवश्यकता समाधान गरेर प्राविधिक र योजनाविद्को संलग्नतामा कागबेनीको पुनर्निर्माण गरिने र रणनीतिक रुपले व्यवस्थित बस्ती बसाइने विश्वास दिलाए।

गृहमन्त्री श्रेष्ठसँग संघीय, प्रदेश र स्थानीय सरकार वा संघ–संस्थामार्फत सामान्य तत्कालीन राहत पुगे पनि पर्याप्त हुन नसकेको जनप्रतिनिधि तथा स्थानीयले गुनासो गरे। कागखोलाको बाढीबाट १ अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। नगद सामान र संरचनामा मात्र ८१ करोड ८३ लाख बराबरको क्षति भएको छ।

सडक, मोटरेबल पुल, झोलुंगे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरी चौकी भवन, तटबन्धलगायत भौतिक पूर्वाधारतर्फ २१ करोड २ लाख बराबरको क्षति पुगेको तथ्यांक छ।

स्थानीयका ५० घरमा ५२ करोड बढीको क्षति भएको पालिकाले जनाएको छ। बाढीबाट २९ घरमा पूर्ण क्षति तथा १५ घरमा आंशिक क्षति पुगेको थियो भने बाढीले बगाउँदा २४ पशु चौपाया मरेका थिए।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले आजै पार्टीका स्थानीय नेता–कार्यकर्तालाई ‘जनतासँग माओवादी’ तीन महिने अभियानअन्तर्गत मुस्ताङमा संक्षिप्त भेट गरे।

प्रकाशित: Sep 05, 2023| 13:36 मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

पुग्ने हैन त पुनहिल ?

पुग्ने हैन त पुनहिल ?

समुद्र सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ।
सीपले बदलेको जिन्दगी

सीपले बदलेको जिन्दगी

चौपाया पाल्ने, खेतीपाती गर्ने र अरुको काम गरेर गुजारा चलाउने सावित्रा अहिले आफ्नै उद्योगमा मालिक बनेर काम गरिराखेकी छन्। उनीसँगै नरेठाँटीका सात जना महिला यही...