बिहीबार, माघ २२, २०८२

एसिया कप क्रिकेट

नेपालसँगको खेलपछि भारतीय खेलाडीको ड्रेसिङ रुममा जे देखियो

श्रीलंकाको पल्लेकेले स्टेडियममा खेलाइएको एसिया कपमा नेपाली क्रिकेटरले सम्हालिएर खेलेपछि विश्वविजेता भारतसहितका मुलुकका नागरिकको प्रशंसा पाइरहेका छन्।
 |  मंगलबार, भदौ १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १९, २०८०

काठमाडौं- सोमबार राती एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत झरी निर्दयी हुँदा समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित हुनुपर्‍यो। ओभर छोट्याउँदा पनि मध्य रातीसम्म खेलिएको खेलमा २३१ रनको नेपालको लक्ष्य भारतले क्षतिबिनै पूरा गरेको थियो।

National life

श्रीलंकाको पल्लेकेले स्टेडियममा खेलाइएको एसिया कपमा नेपाली क्रिकेटरले सम्हालिएर खेलेपछि विश्वविजेता भारतसहितका मुलुकका नागरिकको प्रशंसा पाइरहेका छन्। एसिया कपमा आशिफ शेख र सोमपाल कामीको खेलको तारिफ नेपालमा मात्र नभएर आयोजक श्रीलंका, पाकिस्तानसहित विश्व क्रिकेट मञ्चमा भइरहेको छ।

नेपालका खेलाडीको हौसला दिन श्रीलंका पुग्ने शुभेच्छुक, समर्थकको भीडले त्यहाँको अध्यागमन ‘हाउसफुल’ भएको स्वयं काठमाडौंका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका छन्।

कुनै पनि खेलमा पराजित टिमका खेलाडीलाई विजेता खेलाडीले तक्मा लगाइदिएको दृश्य बिरलै देखिन्छ। तर, एसिया कपको एकदिवसीय खेलपछि पराजित नेपाली खेलाडीलाई भारतीय क्रिकेट पदाधिकारी र खेलाडीले नै तक्मा टक्र्याएर सम्मानित गरेका हुन्।

श्रीलंकाको पल्लेकेले रंगशालामा भएको खेल भारतले १० विकेटले जितेको थियो। वर्षाले प्रभावित खेलमा नेपालले उत्साहप्रद ब्याटिङ गरे बलिङ कमजोर हुँदा पराजित हुनु परेको हो। अंकमा हारे पनि नेपाली टिमको प्रशंसा भइरहेको छ। भारतीयले पनि नेपाली ब्याट्सम्यानले साहसिक प्रदर्शन गरेकामा प्रशंसा गरिरहेका छन्। नेपालबारे गतिलो नहुने भारतीय मिडियाले समेत नेपाली क्रिकेट खेलाडीको खुलेर तारिफ गरिरहेका छन्।

Laxmi sunrise bank

सोमबारको मध्य राती खेल सकिएपछि नेपाली प्रशिक्षक मोन्टी देसाईले आफ्ना खेलाडीलाई भारतीय ड्रेसिङ रुममा लगेका थिए। ड्रेसिङ रुपमा भारतीय क्रिकेट कप्तान रोहित शर्मा, विराट कोहली र प्रशिक्षक राहुल द्रविडहरु उपस्थित थिए।

त्यतिबेलै भारतीय खेलाडीले नेपाली खेलाडीलाई तक्मा (मेडल) लगाइदिएको दृश्य सामाजिक सञ्जाल, नेपाली र भारतीय सञ्चारमाध्यममा छरपस्ट भएका छन्। नेपाली प्रशिक्षक देसाईले दुई देशका खेलाडीलाई मिलन गराउन तक्माको सहारा लिएको बुझिएको छ। यसको पुष्टि नेपाल क्रिकेट संघ (क्यान) ले राम्रो अवसर भनेर भिडियो सेयर गरेबाटै लाग्छ।

क्यान स्रोतका अनुसार प्रशिक्षक देसाईले ह्याप्पी ड्रेसिङ रुमको अवधारणानुसार विभिन्न खेलमा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई आफैंले तक्मा बाँड्ने गरेका थिए। तर, सोमबार श्रीलंकामा भने उनले भारतीय खेलाडीका हातबाट नेपाली खेलाडीलाई तक्मा लगाइदिन आग्रह गरेको बुझिएको छ।

प्रशिक्षक द्रविणसहित ब्याट्सम्यान राहुल द्रविण, हार्दिक पाण्डयालगायतले नेपाली खेलाडी आसिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीलाई तक्मा लगाइदिएको दृश्य तस्बिरबाट देख्न सकिन्छ।

प्रकाशित: Sep 05, 2023| 13:00 मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्