बिहीबार, माघ २२, २०८२

महानगर क्रिकेट स्टेडियम बनाउन तयार रहेको मेयर बालेनको घोषणा

आज मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा सरकारले जग्गा उपलब्ध गराए महानगरले क्रिकेट स्टेडियम निर्माणका लागि पहल थाल्ने जानकारी दिएका हुन्।
 |  मंगलबार, भदौ १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १९, २०८०

काठमाडौं– एसिया कपअन्तर्गत नेपाल–भारतबीचको खेल हेर्न श्रीलंका पुगेका काठमाडौं महानगरका मेयर बालेन साहले महानगर क्रिकेट स्टेडियम बनाउन तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्। आज मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा सरकारले जग्गा उपलब्ध गराए महानगरले क्रिकेट स्टेडियम निर्माणका लागि पहल थाल्ने जानकारी दिएका हुन्।

National life

‘सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

श्रीलंकामा सोमबार राती नेपाल–भारतबीच खेल भएको पाल्लेकेले रंगशाला त्रिभुवन विश्वविद्यालयको क्रिकेट स्टेडियमजस्तै भए पनि प्याराफिट र केही सुविधा भएको उनले बताएका छन्। इन्जिनियरसमेत रहेका मेयर बालेनले यस्तै सुविधाको रंगशाला जग्गाबाहेक ८०–९० करोडमा बनाउन सकिने अनुमान गरेका छन्।

‘यस्तो मात्रै रंगशाला र केही ठूला खेल हुने हो भने खेल विकास हुन सक्छ। एकै खेलबाट करोडौं रकम आर्जन हुन सक्छ,’ उनले लेखेका छन्। बालेन खेलाडी र तल्लो तहमा सिकाइ सुविधाका लागि अबको ३ वर्षमा सकेसम्म हरेक वडामा एउटा एउटा बलिङ नेट राख्ने प्रबन्ध पहिले गरिसकेको स्मरण गराएका छन्।

नेपालीहरु देखेर श्रीलंकाको अध्यागमनका कर्मचारी आश्चर्यमा परेको उनले बताएका छन्। ‘यति धेरै नेपाली एक्कासि श्रीलंका किन आइरहेका छन्?’ श्रीलंकाको अध्यागमनका कर्मचारीले प्रश्न गरेको भन्दै उनले लेखेका छन्, ‘श्रीलंकाको अध्यागमन नै चकित पार्ने गरी ठूलो संख्यामा नेपाली त्यहाँ पुग्दै थिए।’

Laxmi sunrise bank

स्टेडियममा नेपाली समर्थकको संख्या १५०० देखि २००० को बीचमा र भारतीय समर्थकको संख्या ४०–५० जना जति पाएको उनले बताए। नेपालसँगको खेल भारतले सजिलै जित्ने सोचेको र खेल अघि बढेसँगै भारतीय खेलाडी पूरै रक्षात्मक बनेको अनुभव गरेको बालेनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

प्रकाशित: Sep 05, 2023| 11:04 मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्