सोमबार, असार ९, २०८२

एसिया कप क्रिकेट

दोस्रो इनिङमा २३ ओभरमात्र खेलाइएको म्याच भारतले जित्यो

 |  सोमबार, भदौ १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

vianetvianet

जारी एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीचको खेल भारतले जितेको छ। भारतले २०.१ ओभर खेलेर एक विकेट पनि नगुमाई लक्ष्य पूरा गरेको हो।

श्रीलंकामा भएको खेलमा भारतले टस जितेर बलिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाउँदै भारतलाई २३१ रनको लक्ष्य दिएको थियो।

पहिलो इनिङमा पनि वर्षाले केहीबेर रोकिएको खेल दोस्रो इनिङमा पूरा ओभर खेल्न सम्भव भएन। दोस्रो इनिङ वर्षाले प्रभावित बनेपछि डक वर्थ लुइस (डीएलएस) अनुसार भारतले २३ ओभरमा १४५ रनको लक्ष्य पायो। दोस्रो इनिङको तेस्रो ओभर चल्दै गर्दा वर्षा भएपछि खेल रोकिएको थियो। त्यसपछि भारतले नयाँ लक्ष्य पाएको हो।

नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरेका थिए। उनी ९७ बलमा ८ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भए। उनी एसिया कपमा तथा भारतविरूद्ध अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बनेका छन्। अर्का ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भए।

भारतसँगको हारसँगै नेपाल नेपाल एसिया कपबाट बाहिरिएको छ। पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल दोस्रो हारपछि प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको हो।

प्रकाशित: Sep 04, 2023| 23:40 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्