बुधबार, भदौ १७, २०८३

एसिया कप क्रिकेट

वर्षाले रोकिएको खेल सुचारु

 |  सोमबार, भदौ १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

एसिया कप क्रिकेट अन्तर्गत आज नेपाल र भारतबीचको खेल चलिरहेको छ। श्रीलंकामा भइरहेको खेलमा भारतले टस जितेर बलिङ रोजेको थियो।

५० ओभरको खेलमा ३७‍.५ ओभर खेलेपछि वर्षा भएर खेल रोकिएको थियो। वर्षा कम भएपछि खेल सुचारु भएको छ। खेल रोकिनुअघि नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको  छ।

नेपालले पहिलो पावरप्लेमा राम्रो सुरुवात गरेको थियो। तर, ११औं ओभरबाट नेपाली टोली ब्याटिङमा टिक्न सकेन। नेपालका ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रन बनाए। यस्तै, अर्का ओपनर आरिफ शेखले ९७ बलमा ८ चौकासहित ५८ रन बनाए। उनीहरूबीच पहिलो विकेटका लागि ६५ रनको साझेदारी भएको थियो।

प्रकाशित: Sep 04, 2023| 19:01 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्