आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

वर्षाले रोकियो नेपाल र भारतको खेल

 |  सोमबार, भदौ १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

पानी परेपछि नेपाल र भारतबीचको खेल रोकिएको छ। श्रीलंकाको पालेकेले अन्तर्राष्ट्रिय रङ्गशालामा जारी नेपाल र भारतबीचको खेल वर्षाले रोकिएको हो। वर्षाले खेल रोकिंदासम्म नेपालले ६ विकेटको क्षतिमा १७८ रन बनाएको छ। अहिलेसम्म ३७.५ ओभरको खेल भएको छ।

triton college

नेपालका लागि प्रारम्भिक ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे। उनले ९७ बलमा आठ चौकाको मद्दतले ५८ रन प्रहार गरे।

त्यस्तै, कुशल भुर्तेलले ३८, गुल्सन झाले २३, भीम सार्कीले सात, रोहित पौडेलले पाँच र कुशल मल्लले दुई रन बनाए। अहिले दीपेन्द्रसिंह ऐरी २७ र सोमपाल कामी ११ रन बनाएर क्रिजमा छन्।

भारतका लागि रवीन्द्र जडेजाले तीन, मोहम्मद सिरजले दुई र शार्दूल ठाकुरले एक विकेट लिए।

प्रकाशित: Sep 04, 2023| 18:19 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्