आइतबार, वैशाख ३०, २०८१

नासाका अन्तरिक्ष यात्री ६ महिनापछि पृथ्वीमा फर्किए

अन्तरिक्ष यात्री स्टेफन बोवेन र वुडी होबर्ग, यूएईका अन्तरिक्ष यात्री सुल्तान अल नेयादी र रुसी यात्री आन्द्रे फेद्याएभसहित चार सदस्यीय चालक दल अमेरिकी समयानुसार सोमबार राती १२ः१७ बजे प्यारासुटको सहयोगमा पृथ्वीमा सकुशल अवतरण। 
 |  सोमबार, भदौ १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

काठमाडौं– अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) ले स्पेसएक्स ड्रागन अन्तरिक्षयानमा सवार आफ्नो स्पेसएक्स क्रू–६ का अन्तरिक्ष यात्री सोमबार बिहानै दक्षिणपूर्वी अमेरिकी राज्य फ्लोरिडाको तटीय क्षेत्रमा सुरक्षित अवतरण गरेको जनाएको छ।

triton college

नासाका अन्तरिक्ष यात्री स्टेफन बोवेन र वुडी होबर्ग, यूएईका अन्तरिक्ष यात्री सुल्तान अल नेयादी र रुसको राष्ट्रिय अन्तरिक्ष निगमका अन्तरिक्ष यात्री आन्द्रे फेद्याएभसहित चार सदस्यीय अन्तर्राष्ट्रिय चालक दल फ्लोरिडाको तटमा अमेरिकी समयानुसार सोमबार राती १२ः१७ बजे प्यारासुटको सहयोगमा पृथ्वीमा सकुशल अवतरण गरेको हो।

अन्तरिक्षयान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) बाट ग्रीनविच समयानुसार आइतबार ११ः०५ मा छुटेको थियो। २ मार्चमा फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको यो मिसन अर्को दिन आईएसएसमा जोडिएको थियो।

चालक दलका सदस्यहरू ६ महिनादेखि आईएसएसमा बसेर काम गरिरहेका थिए। नासाका अनुसार मिसनका क्रममा चालक दलले पृथ्वीको तल्लो कक्षभन्दा बाहिर अन्वेषणका लागि तयारी गर्न अनि पृथ्वीमा जीवनलाई लाभ मिल्ने खाले सयौं प्रयोग र प्रविधि प्रदर्शनमा योगदान दिएका थिए।–एजेन्सी 

प्रकाशित: Sep 04, 2023| 16:43 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्