सोमबार, असार २, २०८२

नेपाललाई दोस्रो झट्का, सात रन बनाएर भीम आउट

 |  सोमबार, भदौ १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

vianetvianet

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ। भीम सार्की रविन्द्र जडेजाको बलमा बोल्ड भएका हुन् । १७ बल खेलेका सार्कीले ७ रन जोडे।

यसअघि कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए। नेपालले १६ ओभरमा २ विकेट गुमाएर ७७ रन जोडेको छ।

नेपाल र भारतले समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गरिरहेका हुन्। पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारत र पाकिस्तानबीचको खेल वर्षाले अवरुद्ध भएको थियो।

नेपाल र भारत शीर्ष स्तरमा भेट भएको यो पहिलोपटक हो। यो खेल जित्ने टोलीले अन्तिम ४ मा स्थान बनाउने छ भने हार्ने टीम समूह चरणबाटै घर फर्किने छ।

प्रकाशित: Sep 04, 2023| 16:29 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्