सोमबार, असार २, २०८२

कुशल ३८ रन बनाएर आउट

 |  सोमबार, भदौ १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

vianetvianet

भारत विरुद्धको खेलमा नेपालका कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका छन्।

श्रीलंकामा जारी एशिया कप अन्तर्गत सोमबारको खेलमा नेपालले ९.५ ओभरमा पहिलो विकेट गुमाएको हो। प्रारम्भिक ब्याटर भुर्तेल शार्दुल ठाकुरको बलमा आउट भएका छन्।

नेपालले १० ओभरमा एक विकेट गुमाएरु ६५ रन बनाएको छ। प्रारम्भिक ब्याटर आसिफ शेख २३ रन बनाएर खेलिरहेका छन्। अहिले आसिफ र भीम सार्की क्रिजमा छन्।

भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको थियो।

प्रकाशित: Sep 04, 2023| 16:06 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्