बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एसिया कपमा शतक प्रहार गर्नेलाई १ लाख दिने शुक्लाफाँटाको निर्णय

एसिया कपमा शतक प्रहार गर्नेलाई १ लाख दिने शुक्लाफाँटाको निर्णय

 |  सोमबार, भदौ १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज एशिया कप क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने र चार विकेट लिने खेलाडीलाई एक-एक लाखसहित सम्मान गर्ने निर्णय गरेको छ।

शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले राष्ट्रिय क्रिकेट टिमको उच्च सम्मान र हौसला बढाउन नगर प्रमुखस्तरीय निर्णयअनुसार रकमसहित सम्मान गर्ने निर्णय गरिएको जानकारी दिए। 

प्रतियोगिता अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ। खेल आज दिउँसो श्रीलंकाको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो।
 

प्रकाशित: Sep 04, 2023| 15:11 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्