शुक्रबार, असार ५, २०८३

शाहरुखको सुझाव - सामाजिक सञ्‍जालका घटिया कुरा छोडे जीवन उत्तम हुन्छ 

 |  आइतबार, भदौ १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १७, २०८०

काठमाडौं- बलिउड अभिनेता शाहरुख खानले जीवन उत्तम बनाउनका लागि सामाजिक सञ्‍जालका घटिया कुराहरु गर्न छोड्‍नुपर्ने सुझाएका छन्। उनले सामाजिक सञ्‍जाल एक्समा आएको प्रतिक्रियाको जवाफमा यस्तो सुझाएका हुन्। 

National life

शाहरुखले आफू अभिनित चलचित्र जवानको रिलिज डेट नजिकिएको प्रसंगमा चार दिन बाँकी भएको र यी चार दिन चार कुरा गर्ने भन्दै सामाजिक सञ्‍जाल एक्समा लेखेका थिए। उक्त पोस्टको प्रतिक्रियामा एक व्यक्तिले फिल्मको बुकिङबारेको सत्य के हो भनेर सोधेका थिए। 

उक्त प्रतिक्रियाको जवाफमा शाहरुले सामाजिक सञ्‍जालको घटिया कुरा नगर्न सुझाएका हुन्। उनले लेखेका छन्, 'यी सामाजिक सञ्‍जालका घटिया कुरा नगर्नुस्। उत्तम जीवनका लागि सबैले सकारात्मक सोच र राम्रो भावना राख्‍नुपर्छ।'

 

Shivam cement

प्रकाशित: Sep 03, 2023| 19:09 आइतबार, भदौ १७, २०८०
प्रतिक्रिया दिनुहोस्