सोमबार, असार २३, २०८२

पाकिस्तानी महिलाले छैटौँ तलाबाट नवजात शिशु फ्याँकेपछि...

 |  आइतबार, भदौ १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १७, २०८०

vianetvianet

इस्लामावाद- एक जना पाकिस्तानी महिलाले आफ्नै नवजात शिशुलाई छैटौँ तलाबाट फ्याँकेकी छन्। 

कराँचीको लियाकताबाद क्षेत्रमा रहेको एउटा बहुतले भवनको छैटौँ तलाबाट ती महिलाले आफ्नै सन्तानलाई फ्याँकेको प्रहरीलाई उद्धृत गर्दै एआरवाई न्यूजले जनाएको छ। यो घटना शनिबार अपराह्नको हो। कराँची प्रहरीले तत्काल अनुसन्धान थालेको छ।  

प्रहरीले परिचय सार्वजनिक एक जना महिलालाई आफ्नो नवजात शिशुलाई कराँचीको लियाकताबाद क्षेत्रस्थित भवनको छैठौँ तल्लाबाट फ्याँकेको आरोपमा पक्राउ गरेको एआरवाई समाचारमा उल्लेख छ। 

प्रहरीले पक्राउ परेकी ती महिलासँग सोधपुछ गरिरहेको तथा उनको मानसिकस्थिति शङ्कास्पद रहेको जनाइएको छ। छिमेकीले ती महिला लागूऔषधको दुव्र्यसनमा फसेकी बताएका छन्। प्रहरीले मनोचिकित्सकबाट उनको स्वास्थ्य परीक्षण गरिने एक विज्ञप्ति निकालेर बताएको छ। 

प्रकाशित: Sep 03, 2023| 19:56 आइतबार, भदौ १७, २०८०
प्रतिक्रिया दिनुहोस्