शुक्रबार, साउन ८, २०८३

'गदर-२' ले 'बाहुबली-२' को रेकर्ड तोड्ने अनुमान

 |  आइतबार, भदौ १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १७, २०८०

गदर–२ ले अब ५०० करोड क्लबमा आफ्नो नजर राखेको छ। फिल्मको कुल कलेक्सन ४८२.४५ करोड भारतीय रुपैयाँ पुगेको छ। चलचित्र रिलिज भएको तीन साता बितिसक्दा पनि कमाइमा कमी आएको छैन।

अर्कोतर्फ आयुष्मान खुरानाको फिल्म ड्रीम गर्ल–२ को कमाइ पनि राम्रो छ। बिहीबार फिल्मले ७.५० करोड कमाएको थियो। यस हिसाबले फिल्मले पहिलो साता ६७ करोड कमाएको छ।

तेस्रो हप्तामा पनि गदर–२ ले राम्रो काम गरेको छ। तेस्रो हप्तामा फिल्मले ६३.३५ करोड कमाएको छ। आइतबारसम्ममा फिल्मले ५ सय करोडको आँकडा पार गर्न सक्छ।

गदर–२ को कमाइ देखेर सबै छक्क परेका छन्। फिल्मले करिब ५ सय करोडको आँकडा पुग्ने अनुमान कसैलाई पनि थिएन। चलचित्रको कमाइ पहिलो हप्ता २८४.६३ करोड, दोस्रो हप्ता १३४.४७ करोड र तेस्रो हप्ता ६३.३५ करोड रहेको छ।

गदर–२ सँग अब अझै एक साता बाँकी छ किनभने शाहरुख खानको फिल्म जवान सेप्टेम्बर ७ मा रिलिज हुँदैछ। यो एक साताको कमाइले फिल्मको लाइफटाइम व्यापार निर्धारण गर्नेछ।

गदर–२ ले समग्रमा ५१० करोड रुपैयाँभन्दा बढी संकलन गर्न सक्ने केही व्यापार विज्ञको अनुमान छ। यस्तो भयो भने फिल्मले बाहुबली–२ (५१०.९९ करोड) को रेकर्ड तोड्नेछ। यद्यपि फिल्मले त्यहाँसम्म पुग्न ३० करोड बढी कमाउनुपर्ने हुन्छ। योसँगै पठानको कीर्तिमानमा पुग्न करिब ६० करोड कमाउनुपर्नेछ।

विशेष कुरा के छ भने गदर–२ पठान र बाहुबलीभन्दा कम स्क्रिनमा रिलिज भएको थियो। एकै समयमा ओएमजी–२ सँग भिडन्त भएको थियो। यदि फिल्म एकल रिलिज हुन्थ्यो भने पठानको रेकर्ड अहिलेसम्म तोडिसकेको हुन्थ्यो।

गदर–२ ले विदेशमा पनि राम्रो व्यापार गरिरहेको छ। इन्डस्ट्री ट्र्याकर स्याकनिल्कका अनुसार फिल्मले विश्वभर ६३१.८० करोड भारुभन्दा बढी कमाइ गरेको छ। फिल्मले अष्ट्रेलिया, जर्मनी, अमेरिका, बेलायतलगायत देशमा राम्रो कमाइ गरिरहेको छ।

प्रकाशित: Sep 03, 2023| 19:21 आइतबार, भदौ १७, २०८०
प्रतिक्रिया दिनुहोस्