शनिबार, असार १३, २०८३

खेलाडीको हौसला बढाउन रवि र बालेन श्रीलंका जाँदै

 |  आइतबार, भदौ १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १७, २०८०

एसिया कप क्रिकेट खेलिरहेको नेपाली क्रिकेट टोलीको हौसला बढाउन सांसद रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह श्रीलंका जाने भएका छन्।

National life

रास्वपा सभापतिसमेत रहेका रवि श्रीलंका प्रस्थान गरिसकेका छन् भने बालेन आज दिउँसो उड्नेछन्। रविको साथमा पत्नी निकिता पौडेल र सहयोगी दीपक बोहोरा पनि छन्। बालेनसँग भने उनका केही साथीहरु जानेछन्।

एसिया कपअन्तर्गत भोलि सोमबार नेपाल र भारतको खेल हुँदैछ। समूह ए मा रहेको नेपाल बुधबार भएको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो।

आफ्ना इन्जिनियर साथीहरुसहित क्रिकेट हेर्न उनले टिकट लिइसकेका छन्। बालेन्द्रले शनिबार सिंहदरबार जलाउने भनेर विवादमा परेका छन्।  

एसिया कपको समूह 'ए' अन्तर्गत सोमबार दिउँसो सवा ३ बजेदेखि नेपाल र भारतबीचको खेल हुँदैछ। यो खेलमा अगाडि बढ्न नेपालले भारतलाई हराउनै पर्ने बाध्यता छ। उता भारतले नेपालसँग बराबरी खेले पनि समूह चरण पार गर्नेछ।

Shivam cement

प्रकाशित: Sep 03, 2023| 13:36 आइतबार, भदौ १७, २०८०
प्रतिक्रिया दिनुहोस्