शनिबार, साउन ९, २०८३

पुलिसका मन्डेकाजी र चन्चलालाई स्वर्ण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल पुलिसका मन्डेकाजी श्रेष्ठ बागलुङ्गमा जारी प्रथम गाउँपालिका अध्यक्ष राष्ट्रिय कराते कप २०१८ मा स्वर्ण पदक जितेका छन् । श्रेष्ठले व्यक्तिगत कातामा प्रदेश नं. ५ का दीप राज थापा पराजित गर्दै स्वर्ण जितका हुन् । थापाले दोस्रो स्थानमा चित्त बुझाए । तृतीय स्थानमा एपिएफका अनिल चन्द र प्रदेश २ का दिर्घ बहादुर लामा रहे । 

त्यस्तै आईतबारनै भएको महिला व्यक्तिगत कातामा नेपाल प्रहरीकी चन्चला दनुवार एपिएफकी सरिता श्रेष्ठलाई पराजित गर्दै स्वर्ण हात पारिन । तृतीय स्थानमा बाग्लुङ्गकी सर्मिला श्रेष्ठ र प्रदेश ५ की रश्मि पाण्डे रहे । 

मन्डेकाजी श्रेष्ठले पुरुष टिम कातामा पनि स्वर्ण हात पारे । उनले महशुस तामाङ्ग र विनोद गुरुङ्गसँग मिलेर स्वर्ण हात पारेका हुन् । ७ प्रदेश र ३ विभागिय टिम गरि १० टिमको सहभागिता रहेको प्रतियोगिताको कुमुते महिला ४५ केजी तौलमा एपिएफकी जिया कार्कीले बाजी मारिन् । 

उनले पुलिसकी बुद्धलक्ष्मी तामाङ्गलाई पराजित गर्दै स्वर्ण पाएकी हुन् । प्रदेश ५ की रश्मि पाण्डे र प्रदेश १ की रञ्जना मगरले कास्य पाए । यस्तै पुरुषको ५० केजीमा पुलिसका सोनाम लामाले स्वर्ण पाए । प्रदेश १ का मोहन यादवले रजत तथा प्रदेश ६ का सरोज पासवान र आयोजकका अंकित गुरुङ्गले कास्यमा चित्त बुझाए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।