आइतबार, मंसिर १७, २०८०

सञ्‍जिभ गुलाटीसँग अभिनेत्री निरुता सिंहले कसिन् लगनगाँठो

 |  शनिबार, भदौ १६, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १६, २०८०

काठमाडौं- कलाकार निरुता सिंहले लगनगाँठो कसेकी छिन्। आफू वैवाहिक बन्धनमा बाँधिएको अभिनेत्री सिंहले आफ्नै फेसबुक मार्फत जानकारी गराएकी हुन्। उनले २ दिन अगाडि मुम्बईमा बिहे गरेकी हुन्। मुम्बई निवासी सञ्जीभ गुलाटीसँग वैवाहिक जीवनमा बाँधिएको पनि जानकारी गराएकी छिन्। 

sagarmatha cement

सामाजिक सञ्जालमा तस्बिर राख्दै निरुताले मिडियाले बिहे कहिले गर्ने भनेर सोध्ने गरेको प्रश्नको जवाफ दिएको पनि उल्लेख गरेकी छिन्। निरुताले सामाजिक सञ्जालमा लेखेकी छिन्,

‘यतिका वर्षदेखिको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तरवार्ता पूर्ण हुँदैन थियो। त्यो हो, निरुताजी बिहे कहिले गर्ने ? आज त्यसै प्रश्नको जवाफ दिन गइरहकी छु। तपाईंहरुको निरुता सिंहले अगष्ट ३१ तारिखको दिन मुम्बई निवासी श्री सञ्जीभ गुलाटीसँग लगनगाँठो जोडेको छ। हजुरहरू सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गर्दछु।’ 

निरुताले आफूले चाडै नै नेपालमा आशीर्वाद लिन आउने पनि उल्लेख गरेकी छिन्।

प्रकाशित: Sep 02, 2023| 21:49 शनिबार, भदौ १६, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्