मंगलबार, जेठ २६, २०८३

अमेरिकाको हवाई डढेलोमा परी ३८५ जना बेपत्ता

 |  शनिबार, भदौ १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १६, २०८०
National life
Shivam cement

वाशिङ्टन- अमेरिकाको हवाई राज्यको माउ टापुको जङ्गलमा लागेको आगलागीपछि तीन सय ८५ जना अझै बेपत्ता भएका छन्। माउ प्रहरी विभाग र अमेरिकी सङ्घीय अनुसन्धान ब्यूरोले शनिबार संयुक्तरुपमा एक विज्ञप्ति निकालेर उ्रक्त जानकारी दिएको हो।

माउइ  जङ्गलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलदा त्यसमा परेर एक सय १५ जनाले ज्यान गुमाएका छन्। अधिकांशको मृत्यु माउइको समुद्री किनारको लहाइनमा गत साउन २३ गते लागेको डढेलोमा परेर भएको हो। 

प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ। दशकौँपछि भएको यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन्। सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए।

प्रकाशित: Sep 02, 2023| 22:20 शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्