शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री खानले वकिलसँग पनि भेट्‍न पाएनन् 

जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री खानले वकिलसँग पनि भेट्‍न पाएनन् 

 |  शनिबार, भदौ १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १६, २०८०

इस्लामावाद- पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का प्रमुख इमरान खानका वकिलहरूलाई प्रहरीले उनलाई अट्टक जेलमा भेट्न अनुमति नदिएको एआरवाई न्यूजले जनाएको छ। पीटीआईका अनुसार वकिल शीराज अहमद रान्झा र गोहर अलीलाई प्रहरीले  नेता खानलाई भेट्नबाट रोकेको हो। 

National life

कानुन व्यवसायी गोहर अलीले पत्रकारहरूलाई जानकारी दिएअनुसार अदालतको आदेशको बाबजुद पूर्वप्रधानमन्त्रीसँग  भेट गर्न नदिइएको हो। अदालतले नेता खान र उनका छोराहरूबीच टेलिफोनमा कुराकानी गर्न दिएको अनुमतिको पनि जेलका अधिकारीहरूले अवज्ञा गरेका उनले बताएका छन्। 

इस्लामावाद उच्च अदालतले  मङ्गलबार नेता खानलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो तर गोप्य सरकारी दस्तावेज  सार्वजनिक गरेको अभियोगमा उहाँलाई जेलबाट मुक्त गर्नुअगावै न्यायिक हिरासतमा राख्न विशेष अदालतले आदेश दिएको थियो।  

पाकिस्तानका सबैभन्दा लोकप्रिय राजनीति नेता खान गत वर्ष सत्ताबाट हटेदेखि धेरै कानुनी झमेलामा फसेका छन्। उनीविरुद्ध २०० वटा मुद्दा लगाइएका छन्। नेता खानले आफूलाई आगामी चुनाव लड्नबाट रोक्न गरिएको षडयन्त्रअनुरुप ती मुद्दा लगाइएको दाबी गरेका छन्। 

औपनिवेशिक युगको गोप्य कानूनअन्तर्गत नेता खानलाई दुई हप्ता थुन्न विशेष अदालतले आदेश दिएको थियो। सैन्य मुद्दा चलाउन प्रयोग हुने कानुन उनीविरुद्ध लगाइएको सफदरले बताए। भ्रष्टाचारको आरोपमा खानमाथि गरिएको तीन वर्षको जेल सजाय मङ्गलबार नै उल्ट्याइएको थियो। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 02, 2023| 19:00 शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्