शुक्रबार, साउन ८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानको बलुचिस्तानमा भएको सैन्य कारबाहीमा ८ आतंकवादी मारिए

पाकिस्तानको बलुचिस्तानमा भएको सैन्य कारबाहीमा ८ आतंकवादी मारिए

 |  शनिबार, भदौ १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १६, २०८०

इस्लामावाद- पाकिस्ताानी सुरक्षा फौजले आतङ्वादविरुद्ध बलुचिस्तान प्रान्तमा गरेको कारबाहीमा आठ जना आतंकवादी मारिएका छन्। सुरक्षा बलले शुक्रवार वासुक जिल्लामा गरेको उक्त कारबाहीमा ती अतिवादी मारिएका पाकिस्तानको प्रतिआतङ्वाद विभागले जनाएको छ। 

वासुकका बसिमामा रहेको एक घरमा छापा मारेर गरिउको कारवाहीमा पाँच जना मारिएका तथा तीन जना भाग्न सफल भएका थिए। क्वेटामा गरिएको अर्को कारवाहीमा अन्य तीन जनाको मृत्यु भएको हो। दुवै कारवाहीस्थलबाट ठूलो परिमाणमा हतियार र गोलाबारुद बरामद गरिएको छ। 

केही दिनअघि दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा खटिएका चिनियाँ कामदारमाथि  आक्रमण गर्ने दुई जना आक्रमणकारीलाई सुरक्षाफौजले मारेको थियो। साउथ एशिया टेरोरिजम पोर्टलका अनुसार पाकिस्तानमा १२ वटा आन्तरिक र ३६ वटा बाह्य आतङ्वादी-अतिवादी सङ्घसङ्गठन सक्रिय छन्। 

प्रकाशित: Sep 02, 2023| 21:00 शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्