शुक्रबार, पुस ४, २०८२

 सूर्यको अध्ययन गर्न भारतको आदित्य एल–१ अन्तरीक्षमा

 |  शनिबार, भदौ १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १६, २०८०

National life
Laxmi sunrise bank
kumari

नयाँ दिल्ली- चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ सफलतापूर्वक अवतरण गरेको एक सातापछि भारतले सूर्यको अध्ययन गर्न आज आदित्य एल–१ अन्तरीक्षमा प्रक्षेपण गरेको छ। आन्ध्र प्रदेशको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट शनिबार सूर्ययान अर्थात् आदित्य एल–१ प्रक्षेपण गरिएको हो। 

सूर्यको अध्ययनका लागि प्रक्षेपण गरिएको भारतको यो पहिलो सूर्ययान हो। आदित्य एल–१को सहयोगमा अन्तरिक्षमा अनुसन्धान कक्ष स्थापना गरिने भारतीय अन्तरिक्ष अध्ययन केन्द्र (इसरो)ले जनाएको छ। 

यसैबीच, भारतका विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले  सूर्ययानको सफल प्रक्षेपण गरेकामा इसरोका वैज्ञानिकहरूप्रति वधाई ज्ञापन गर्दै भारतको अन्तरिक्ष इतिहासमा नयाँ इतिहास रचना भएको बताएका छन्। सूर्ययान सफलतापूर्वक प्रक्षेण भएकामा त्यसले विश्वभर देशको प्रतिष्ठा बढाएको बताएका छन्। 

प्रकाशित: Sep 02, 2023| 20:00 शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्