मंगलबार, पुस १, २०८२

बागमती क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित

 |  शुक्रबार, भदौ १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १५, २०८०

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)को बागमती अध्यक्षमा राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा प्रतिस्पर्धी उमेश पियालाई हराउँदै खड्का अध्यक्षमा निर्वाचित भएका हुन्। 

National life

मतगणनामा खड्काले २३ मत पाउँदा पियाले १४ मत मात्रै पाए।

खड्काले काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुर गरी चार जिल्लाका पदाधिकारीहरूसँग मिलेर संयुक्त प्यानल बनाएका थिए। सोही प्यानलको मतमा खड्का शुक्रबार भएको अधिवेशनमा अध्यक्षमा निर्वाचित भए। 

निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूले तत्कालका लागि केन्द्रीय अध्यक्षको बारेमा नसोचेको भन्दै ६ वटै प्रदेशका पदाधिकारीहरूसँग बसेर छलफलपछि केन्द्रीय परिवेशबारे निर्णय लिने समेत बताए।

प्रकाशित: Sep 01, 2023| 21:04 शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्