बिहीबार, जेठ २१, २०८३

यस्तो रह्यो काठमाडौंको गाईजात्रा [तस्बिरहरु]

 |  शुक्रबार, भदौ १५, २०८०

शिरिषमान महर्जन

शिरिषमान महर्जन

शुक्रबार, भदौ १५, २०८०

काठमाडौंको वसन्तपुर तथा असन क्षेत्रमा आज गाईजात्रा मनाइएको छ। गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई बजार परिक्रमा गराइन्छ। मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्नो इलाकामा परिक्रमा गराइने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा पनि छ।

National life

काठमाडौंमा हरेक वर्ष गाईजात्रा विशेष हुने गर्छ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी नदी पार हुन्छन् भन्ने धार्मिक जनविश्वास रहेको छ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आ-आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक कथन छ।

Shivam cement

 

प्रकाशित: Sep 01, 2023| 14:11 शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्