मंगलबार, पुस १, २०८२

आईसीसी महिला टी–२०

नेपालले बहराइनलाई १० विकेटले हरायो

पहिलो खेलमा मलेसियालाई ५ रनले हराएको नेपालले दोस्रो खेलमा बहराइनमाथि १० विकेटको सहज जित निकालेको हो।
 |  शुक्रबार, भदौ १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १५, २०८०

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा बहराइनलाई १० विकेटले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको छ।

National life

पहिलो खेलमा मलेसियालाई ५ रनले हराएको नेपालले दोस्रो खेलमा बहराइनमाथि १० विकेटको सहज जित निकालेको हो। बहराइनले दिएको ३२ रनको झिनो लक्ष्य नेपालले २.५ ओभरमै भेट्टायो।

ओपनर सीता राना मगर र काजल कुवँरले ३२ रनको साझेदारी गरेपछि नेपालले सहज जित निकालेको हो। कविता १७ र सीता २ रनमा नटआउट रहे। त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराईन १५.४ ओभरमा ३१ रनमा समेटिएको थियो।

बहराइनलाई कम स्कोरमा रोक्न इन्दु बर्मा एक्लैले तीन विकेट झारिन्। कप्तान दीपिका रासंगिकाले बनाएको ११ रन नै बहराइनका लागि सर्वाधिक रह्यो। 

समूह ‘ए’मा नेपालसँगै आयोजक मलेसिया, बहराइन, भुटान, कतार र यूएई छन्। समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन्। नेपालले समूह चरणको तेस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ। सोमबार कतार र समूह चरणको अन्तिम खेलमा बुधबार यूएईसँग खेल्ने कार्यतालिका छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 01, 2023| 13:13 शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्