बिहीबार, कात्तिक २७, २०८२

भारतीय अभिनेत्री दिव्या दत्ता नेपालमा

 |  बिहीबार, भदौ १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा सहभागी हुन भारतीय अभिनेत्री दिव्या दत्ता नेपाल आएकी छन्। उनी मुम्बई इन्डिगोको विमानमार्फत आज २:२० बजे नेपाल अवतरण गरेकी हुन्। 

उनी महोत्सवअन्तर्गतका विभिन्न छलफल तथा गोष्ठी (सेसन)मा सहभागी हुने आयोजक समितिका सदस्य तथा नाट्यकर्मी राज शाहले जानकारी दिए। ‘अभिनेत्री दत्ताले साहित्यसँगै चलचित्रको विषयमा हुने छलफलमा सहभागिता जनाउनु हुनेछ’, उनले भन्, ‘उहाँ भदौ १८ मा भारत फर्किने तालिका रहेको छ।’

अभिनेत्री दत्तासँगै अभिनेत्री मनिषा कोइरालासँग एउटै मञ्चमा ‘दक्षिण एसियाली सिनेमाका चुनौती र सम्भाव्यता’बारे अन्तरक्रिया गर्ने कार्यतालिका रहेको शाहले बताए। भदौ १५ गते (शुक्रबार) देखि सुरु हुने साहित्य महोत्सवमा नेपालसहित भारत, भुटान, बङ्गलादेश र श्रीलङ्काका लेखक तथा कलाकार भेला हुँदैछन्। यस अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटरेरी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा हुँदैछ।

प्रकाशित: Aug 31, 2023| 19:18 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्