मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनद्वारा जेल सजाय माफी गरिदिन आग्रह 

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनद्वारा जेल सजाय माफी गरिदिन आग्रह 

 |  बिहीबार, भदौ १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

बैंकक- थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राद्वारा जेल सजाय माफीका लागि आग्रह गर्दै थाई दरबारमा निवेदन दिएका छन्। थाइल्याण्डको जेलमा रहेका पूर्वप्रधानमन्त्री थाक्सिनले सरकारमार्फत् शाही माफीका लागि अनुरोध गरेको सरकारका एक मन्त्रीले बिहीबार बताएका हुन्। 

National life

सन् २००६ मा भएको सैनिक ‘कू’ बाट अपदस्थ भएका ७४ वर्षीय अर्बपति लाई १५ वर्षको आत्मनिर्वासनबाट फर्केलगत्तै गत साता जेल पठाइएको थियो।

उनको घर फिर्तीसँगै फेउ थाई पार्टी धेरै सैन्य समर्थक पार्टीहरूसँग गठबन्धनमा सरकारमा फर्केको थियो। यसले जेलको समय कटौती गर्न एक सम्झौता भएको थियो भन्ने व्यापक अड्कलबाजीलाई बढावा दिएको छ।

कामचलाउ न्यायमन्त्री विसानु क्रे–ङमले थाक्सिनले भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको अभियोगमा आठ वर्षको जेल सजाय भोगिरहेकाले माफीका लागि निवेदन दिएको जानकारी दिए।
  
'हामीलाई अनुरोध प्राप्त भएको छ, बाँकी प्रक्रियाअनुसार हुनेछ,' विसानुले सञ्चारकर्मीसँग भने। 

यो प्रक्रियामा कति समय लाग्छ भन्ने प्रश्नमा विसानुले भने, 'यो विशुद्ध रूपमा शाही अनुग्रहमा आधारित छ । सरकारबाट प्रक्रिया लामो छैन, तर यो थाइ नरेशको सोच र निर्णयमा निर्भर गर्दछ।

Shivam cement

थाई कानुनअनुसार राजा महा वजिरालोङकोर्नसँग पुग्नुुअघि कैदीहरूले न्यायमन्त्रीबाट प्रधानमन्त्रीमार्फत प्रिभी काउन्सिलमा क्षमादानको निवेदन दिन सक्छन्।

अधिकारीहरुका अनुसार सबै कागजी प्रक्रिया पूरा भएमा यो प्रक्रिया एकदेखि दुई महिनासम्म लाग्छ। थाक्सिन आधुनिक थाई इतिहासमा सबैभन्दा प्रभावशाली तर विभाजनकारी व्यक्तिहरू मध्ये एक मानिन्छन्। 

सन् २००० को सुरुतिर उनको पपुलिस्ट नीतिका कारण लाखौं ग्रामीण थाईहरूले उनलाई प्रधानमन्त्री चुनेका थिए। उनलाई देशको राजावादी र सेना समर्थक प्रतिष्ठानले निन्दा गरेको छ । जसले विगत दुई दशकको अधिकांश समय उनी र उनका सहयोगीहरूलाई सत्ताबाट बाहिर राख्ने प्रयासमा बिताएको छ। 

प्रकाशित: Aug 31, 2023| 20:40 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्