शनिबार, असार १३, २०८३

महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरुवात

 |  बिहीबार, भदौ १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

काठामाडौं- नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा विजयी सुरुवात गरेको छ। बिहीबार घरेलु टिम मलेसियामाथि ५ रनको जित निकाल्यो।

National life

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली मलेसियाले निर्धारित ओभरमा नौ विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो।

पहिलो ब्याटिङ गरेको नेपालका लागि ओपनर सीता राना मगरले अविजित ३८ रनको योगदान गरिन्। उनले ५४ बलको सामना गरी एक चौका पनि प्रहार गरिन्। अप्सरी बेगमले १७ रन बनाइन्। लामो समय क्रिजमा टिकेकी उनले ३८ बलको सामना गरी एक चौका हिर्काएकी थिइन्।

कप्तान रुबिना क्षेत्रीले १२ रन बनाइन्। उनले केवल १३ बलको सामना गरी दुई चौका पनि प्रहार गरेकी थिइन्। अरू खेलाडीले दोहोरो सङ्ख्यामा रन बनाउन सकेनन्। ओपनर काजल श्रेष्ठ, सम्झना खड्का र इन्दू बर्मा शून्य रनमै पेभेलियन फर्किए। पूजा महतोले पाँच रन बनाइन्।

कविता जोशीले पनि टोलीको खातामा पाँच रन थपिन्। नेपालले अतिरिक्त रुपमा सात रन पाएको थियो। मलेसियाका लागि आइना हमिजाह हासिमले दुई विकेट लिइन्। माहिराह इजाती स्माइल, आइस्या एलिसा र निक नुर एटेलाले एक—एक विकेट लिए।

Shivam cement

जवाफी ब्याटिङ गरेको मलेसियाका लागि विनिफ्रेड दुराइसिङ्घमले सर्वाधिक २८ रन बनाइन्। ओपनर आइना हामिजाह हासिमले १४ रन जोडिन्। मस एलिसाले १० रन बनाइन्। अन्य खेलाडीले दोहोरो सङ्ख्यामा रन बनाउन सकेनन्। नेपालका लागि कविता कुँवर र कविता जोशीले दुई—दुई विकेट लिए। कप्तान रुबिना क्षेत्री र अस्मिना कर्माचार्यले पनि एक—एक विकेट हात पार्न सफल भए।

प्रकाशित: Aug 31, 2023| 10:29 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्