शनिबार, असार १३, २०८३

महिला टी-२० : नेपालद्वारा मलेसियासामु ८५ रनको लक्ष्य

 |  बिहीबार, भदौ १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

काठमाडौं- आईसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियासामु जितका लागि ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

National life

मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ८४ रन बनायो। 

नेपालका लागि सीता राना मगरले अविजित ३८ रन बनाइन्। यस्तै, अफसरी बेगमले १७ तथा कप्तान रुविना क्षेत्री बेलबासेले १२ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

मलेसियाकी ऐना हामिजाले दुई तथा महिराह इजाती, ऐश्या एलिसा र निक नुरले एक–एक विकेट लिए। प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र युनाइटेड अरब इमिरेट्स (यूएई) छन्। त्यस्तै समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यान्मार छन्। 

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टि–२० क्वालिफायर खेल्न पाउने छन्।

Shivam cement

नेपालको टोलीमा रुविना क्षेत्री बेलबासे (कप्तान), सम्झना खड्का, काजोल श्रेष्ठ, अप्सरी बेगम, सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पूजा महतो, अश्मिना कर्माचार्य र खुसी डङ्गोल छन्। 

प्रकाशित: Aug 31, 2023| 10:03 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्