शुक्रबार, पुस ४, २०८२

सम्झनामा डायना

 |  बिहीबार, भदौ १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

सन् १९९७ मा आजकै दिन (अगस्ट ३१) मा वेल्सकी पूर्वराजकुमारी डायनाको कार दुर्घटनामा निधन भएको थियो। उनी बेलायतका राजा चार्ल्स तृतीयकी पहिलो पत्नी हुन्।

National life

१९६१ जुलाई १ मा जन्मिएकी डायनाले चार्ल्ससँग १९८१ जुलाई २९ मा विवाह गरेकी थिइन्। यो जोडीले १९९२ मा अलग हुने घोषणा गरे। त्यसको चार वर्षपछि १९९६ अगस्ट २८ मा चार्ल्स र डायनाले औपचारिक रूपमा सम्बन्ध विच्छेद गरेका थिए। उनीहरूबाट १९८२ मा प्रिन्स विलियम्स र १९८४ मा प्रिन्स ह्यारीको जन्म भएको थियो। पछि चार्ल्सले २००५ मा क्यामिला पार्करसँग विवाह गरे।

सम्बन्ध विच्छेद भएको एक वर्षपछि डायना फ्रान्सको राजधानी पेरिसमा आयोजित एक रात्रिभोजमा सहभागी भएकी थिइन्। त्यहाँ उनी इजिप्टका धनाढ्य व्यवसायी मोहमद अल फायदका छोरा डोडी अल फायदसँग पुगेकी थिइन्। भोजबाट कारमा बाहिरिएको यो जोडीको तस्बिर खिच्नका लागि फोटोग्राफरहरूले मोटरसाइकल चढेर पछ्याएका थिए। त्यसबाट भाग्ने क्रममा भएको कार दुर्घटनामा डायनाको निधन भयो।

कुनै बेला विश्वमै सबैभन्दा बढी तस्बिर खिचिएकी महिलाकाको रेकर्ड कायम गरेकी डायना जनताकी राजकुमारीका रूपमा परिचित थिइन्। उनका परोपकारी कामको सर्वसाधारणले निकै प्रशंसा गरेका थिए।

डायनाले एड्स संक्रमित मानिसले बेहोरेका पीडा आम मानिसमाझ ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। उनले बारुदी सुरुङ बिछ्याउन प्रयोग गरिएका उपकरणमाथि प्रतिबन्ध लगाउन माग गरेपछि संसारभर चर्चा भएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 31, 2023| 07:31 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्