आइतबार, मंसिर ९, २०८१

एसिया कप क्रिकेट
Siddartha premir insuranceSiddartha premir insurance

नेपाल १०४ रनमा अलआउट 

 |  बुधबार, भदौ १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०

काठमाडौं- जारी एसिया कप क्रिकेटको पहिलो खेलमा पाकिस्तानसँग नेपाल १०४ रनमा अलआउट भएको छ। पाकिस्तानले ३४३ रनको लक्ष्य दिएको भए पनि नेपाल भने २३ ओभर ४ बलमा १०४ रन बनाउँदै अलआउट भएको हो। 

triton college

एसिया कप क्रिकेटको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले २३८ रनले विजयी भएको छ। पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको हो। 

नेपालका लागि सोमपाल कामीले २८, आरिफ शेखले २६, गु्ल्सन झाले १३, कुशल भुर्तेलले ८, सन्दीप लामिछानेले ७, कुशल मल्लले ६ र आसिफ शेखले ५ रन बनाएका हुन् । 

पाकिस्तानका लागि बाबर आजमले शतकीय पारी खेले। उनले १३१ बल खेलेका बाबरले १४ चौका र ४ छक्काको सहयोगमा १५१ रन बनाए। 

त्यस्तै इस्तफिकरले १०९ रनको शतकीय पारी खेले। ७१ बल खेलेका उनले ११ चौका र ४ छक्का प्रहार गरे। पकिस्तानका मोहमद रिजवानले ४४ रन बनाउँदा फकर जमानले १४ रनको योगदान गरे।

Metro Mart
vianet

प्रकाशित: Aug 30, 2023| 21:40 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्