मंगलबार, पुस १, २०८२

नेपालले गुमायो ५ विकेट 

 |  बुधबार, भदौ १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०

काठमाडौं- नेपालको पाँचौ विकेट पतन भएको छ। सोमपाल कामी २८ रन बनाएर आउट भएका छन्।

National life

चार चौका प्रहार गरेका उनलाई हरिस राउफले आउट गरेका हुन्। यसअघि आरिफ शेखलाई पनि उनैले बोल्ड गरेका थिए। आरिफ २६ रन बनाउँदै पेभेलियन फर्किएका थिए।

यसअघि आसिफ शेख ५ रन बनाएर आउट भएका थिए। नसिम शाहले आसिफलाई आउट गरेका थिए।

त्यस्तै पहिलो ओभरमै नेपालले दुई विकेट गुमाएको थियो। पाँचौं बलमा कुशल भुर्तेल ८ रन बनाएर आउट भए भने छैटौं बलमा कप्तान रोहित पौडेल शून्य रनमै आउट भए। दुवैलाई साहिन शाह अफ्रिदीले पेभेलियन फर्काएका हुन्। 

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको हो। नेपालले यो लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ।

Laxmi sunrise bank
kumari

पाकिस्तानका लागि बाबर आजमले शतकीय पारी खेले। उनले १३१ बल खेलेका बाबरले १४ चौका र ४ छक्काको सहयोगमा १५१ रन बनाए। 

त्यस्तै इस्तफिकरले १०९ रनको शतकीय पारी खेले। ७१ बल खेलेका उनले ११ चौका र ४ छक्का प्रहार गरे। पकिस्तानका मोहमद रिजवानले ४४ रन बनाउँदा फकर जमानले १४ रनको योगदान गरे। 
 

प्रकाशित: Aug 30, 2023| 21:19 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्