आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

नेपालले गुमायो ३ विकेट

 |  बुधबार, भदौ १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०

काठमाडौं- जारी एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले १० ओभरमा ५० रन बनाएको छ। पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याउँदै १० ओभर ३ बलमा ५१ रन बनाएको हो। 

triton college

नेपालले तीन विकेट गुमाएको छ। नेपाली टोलीका कप्तान रोहित पौडेल आसिफ सेख र कुशल भुर्तेल आउट भएका हुन्। 

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको हो। नेपालले यो लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ।

पाकिस्तानका लागि बाबर आजमले शतकीय पारी खेले । उनले १३१ बल खेलेका बाबरले १४ चौका र ४ छक्काको सहयोगमा १५१ रन बनाए । 

त्यस्तै इस्तफिकरले १०९ रनको शतकीय पारी खेले । ७१ बल खेलेका उनले ११ चौका र ४ छक्का प्रहार गरे। पकिस्तानका मोहमद रिजवानले ४४ रन बनाउँदा फकर जमानले १४ रनको योगदान गरे। 

Metro Mart
vianet

नेपालका लागि सोमपाल कामीले दुई विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र करण केसीले एक एक विकेट लिए। 

प्रकाशित: Aug 30, 2023| 20:27 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्