शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई हिरासतमा राख्‍न अदालतको आदेश

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई हिरासतमा राख्‍न अदालतको आदेश

 |  बुधबार, भदौ १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०

इस्लामावाद- पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई गोप्य दस्तावेजहरू सार्वजनिक गरेको आरोपमा जेलमा राख्न आदेश दिएको छ। इस्लामावाद उच्च अदालतले मंगलबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। 

National life

पाकिस्तानका सबैभन्दा लोकप्रिय राजनीति नेता खान गत वर्ष सत्ताबाट हटेदेखि धेरै कानुनी मुद्दामा फसेका छन् उनीमाथि दुई सय वटा मुद्दा लगाइएका छन्। नेता खानले आफूलाई आगामी चुनाव लड्नबाट रोक्न गरिएको षडयन्त्रअनुरुप ती मुद्दा लगाइएको दाबी गरेका छन्। 

नेता खानका वकिल सलमान सफदरले औपनिवेशिक युगको गोप्य कानूनअन्तर्गत नेता खानलाई दुई हप्ता थुन्न म्याद थपिएको बताएका छन्। सैन्य मुद्दा चलाउन प्रयोग हुने कानुन उनीविरुद्ध लगाइएको सफदरले बताए। भ्रष्टाचारको आरोपमा खानमाथि गरिएको तीन वर्षको जेल सजाय मंगलबार उल्ट्याइएको थियो।

 नेता खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) पार्टीका उपाध्यक्ष, पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि यस मुद्दामा पक्राउ गरिएको छ।

प्रकाशित: Aug 30, 2023| 20:00 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्